कंग्रेस सांसदले भनिन्- भित्र संसद अधिवेशन, बाहिर विद्यार्थीमाथि अश्रुग्यास, के यसरी सरकार चल्छ?
setopati.com · Mon Jul 20 10:44:14 GMT 2026

कक्रोच जनता पार्टी (सिजेपी) को संसद मार्च कार्यक्रमबीच प्रतिपक्षी कंग्रेस सांसद रेणुका चौधरीले संसद अधिवेशन चलिरहेका बेला बाहिर सडकमा बालबालिकाहरूमाथि अश्रुग्यास प्रहार गरिएको भन्दै विरोध गरेकी छन्।
हिन्दुस्तान टाइम्सका अनुसार उनले सिजेपीले आह्वान गरेको 'चलो संसद' मार्चबारे टिप्पणी गर्दै सोमबार सुरू भएको मनसुन अधिवेशनमा भनिन्, 'संसदको अधिवेशन चलिरहेको छ र सरकारले बाहिर बालबालिकाहरू (विद्यार्थीहरू) माथि अश्रुग्यास प्रयोग गरिरहेको छ। के सरकार यसरी नै चल्छ? संसद भवनभित्र उनीहरूले हाम्रो ह्वाट्सएप जाम गरिदिए र ढोकाहरू बन्द गरिदिए। यो कस्तो खालको सरकार हो? संसद बालबालिकाको पनि हो। यो संविधानले उनीहरूलाई दिएको अधिकार हो...'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)