इरानी हवाई आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी
khabarhub.com · Mon Jul 20 10:46:21 GMT 2026

मनामा – बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्ना हवाई प्रतिरक्षा प्रणालीमार्फत विफल पारेको दाबी गरेका छन्। अमेरिका–इरानबीच एक साताभन्दा बढी समयदेखि जारी सैन्य तनावका बीच दुवै देशले पछिल्ला आक्रमणबारे जानकारी सार्वजनिक गरेका हुन्।