पशुपतिमा साढे दुई लाख भक्तजन
kalakarmi.com · Mon Jul 20 10:55:38 GMT 2026

काठमाडौं– साउन महिनाको पहिलो सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या साँझ सम्ममा करिव साढे दुई लाख पुग्ने पशुपति क्षेत्र विकास कोषले अनुमान गरेको छ ।
कोषका अनुसार पशुपतिनाथको मन्दिर दर्शन गर्नका लागि आज बिहान ३ बजेदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । भक्तजनहरू विभिन्न चार वटा दर्शन मार्गबाट मन्दिर प्रवेश गरी दर्शन गरिरहेका छन् । कोषका प्रतिनिधि सुशील कुमार गौतमका अनुसार दिउँसो चार बजेसम्मको तथ्यांक संकलन भइरहेकाले ठ्याक्कै संख्या सार्वजनिक गर्न केही समय लाग्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)