‘जुलाई’मा औसतभन्दा कम वर्षा
nepalnews.com · Mon Jul 20 11:13:29 GMT 2026

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ।
जुलाईमा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ। विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ। यो अवधिमा नेपालभर औसत ११.७ मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो २४ घण्टामा कपिलवस्तुको पथरकोटामा सबैभन्दा धेरै १६७.० मिलिमिटर वर्षा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)