कर्णालीमा सत्ता संकटः कांग्रेस–एमाले गठबन्धनमा कसबाट भयो धोखाधडी ?
ratopati.com · Mon Jul 20 11:15:00 GMT 2026

सुर्खेत । कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेलको सत्ता संकटमा परेको चार दिन बितिसक्यो । यद्यपि उनको सत्ता जोगिन्छ वा सकिन्छ त्यसको कुनै टुंगो छैन । यसबारे मुख्यमन्त्री कँडेलको कुनै आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।
गएको बिहीबार उनको सत्ता साझेदार नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई मनाएर उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । त्यसअघि बुधबार कांग्रेसले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो । साथै, अविश्वासको प्रस्ताव दर्ता गर्दा नेकपा–कांग्रेसले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको लागि प्रस्ताव गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)