लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र WWF नेपालबीच लागि सहकार्य
nepalviews.com · Mon Jul 20 11:11:20 GMT 2026

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतिहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान The Goal is Green कार्यान्वयनका लागि WWF नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।
यस अभियान अन्तर्गत FIFA World Cup 2026 का सम्पूर्ण खेलमा हुने प्रत्येक गोल बराबर एक वटा रूख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो। विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै बैंकले नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)