ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
ratopati.com · Mon Jul 20 11:27:47 GMT 2026

काठमाडाैँ। बेलायत सरकारले ब्रिटिश स्टिललाई राष्ट्रियकरण गरेपछि कम्पनीको पूर्वस्वामित्वमा रहेको चिनियाँ जिङ्गे समूहले आफूले बेहोरेको लगानी घाटाको क्षतिपूर्ति माग गर्दै कानूनी प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । कम्पनीले बेलायतको कदमले अन्तर्राष्ट्रिय लगानी वातावरणमा नकारात्मक सन्देश दिएको दाबी गरेको छ।
जिङ्गे समूहले आइतबार जारी गरेको विज्ञप्तिमा ब्रिटिश सरकारले कम्पनीको सञ्चालन नियन्त्रण लिएर अन्तर्राष्ट्रिय लगानीका नियम र द्विपक्षीय लगानी सम्झौताको मर्म उल्लङ्घन गरेको आरोप लगाएको छ। कम्पनीले बेलायत सरकारसँग क्षतिपूर्तिका लागि औपचारिक वार्ता प्रक्रिया सुरु गरिएको जानकारी दिँदै आवश्यक परे अन्तर्राष्ट्रिय मध्यस्थताको बाटोसमेत अपनाइने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)