सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
ratopati.com · Mon Jul 20 11:33:41 GMT 2026

कर्णाली। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।
त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका इलाका प्रहरी कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको अवधिमा यहाँ कुल दुई हजार ६०३ वटा अपराधजन्य मुद्दा दर्ता भएका जनाएका छन् । यो परिणामले समाजमा अपराधिक प्रवृति बढ्दै गएको देखाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)