पुँजी बजारलाई आर्थिक समृद्धिको आधार बनाउने प्रधानमन्त्रीको घोषणा
barnanmedia.com · Mon Jul 20 11:28:10 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई विशेष प्राथमिकतामा राखेको बताएका छन्। पुँजी बजारका सरोकारवाला संस्था तथा नियामक निकायका प्रतिनिधिसँग सोमबार भएको छलफलमा उनले पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउँदै आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरूप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारे। उनले पुँजी बजारको विकासले उद्यमशीलता विस्तार र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)