बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
ratopati.com · Mon Jul 20 11:48:25 GMT 2026

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आइतबार २५ वर्षीया सुनुवारको शव गेस्टहाउसको कोठामा पलङभित्र व्यवस्थापन गरेको अवस्थामा शव भेटिएको हो ।
कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी सुनुवारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौँका एसएसपी दिलिप घिमिरेले रातोपाटीलाई बताए । उनले भने, ‘हत्या भएको आशङ्का गरेका छौँ, पोस्टमार्टम गरेपछि थप कुराहरू खुल्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)