जीडब्लूएमको ‘ड्रागन आर्मर ब्याट्री’ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने दाबी
baahrakhari.com · Mon Jul 20 12:17:15 GMT 2026

काठमाडौं । विद्युतीय सवारीसाधनको सुरक्षा र कार्यक्षमतामा केन्द्रित हुँदै जीडब्लूएमले आफ्नै ब्याट्री प्रविधि ‘ड्रागन आर्मर ब्याट्री’ मार्फत विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरेको छ । कम्पनीका अनुसार, आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जीले विकास गरेको उक्त ब्याट्री उच्च सुरक्षा, लामो दुरी, फास्ट चार्जिङ र भरपर्दो कार्यसम्पादनका लागि डिजाइन गरिएको हो ।
कम्पनीका अनुसार, विश्वका अधिकांश अटोमोबाइल उत्पादकले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने गरे पनि जीडब्लूएमले भने आफ्नै कम्पनीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ । यसले ब्याट्रीको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि कम्पनीको प्रत्यक्ष नियन्त्रण रहने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)