चीन, नेपाल र भारत मिलेर पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्ने लामिछानेको जोड
barnanmedia.com · Thu Aug 27 11:13:47 GMT 2026

जलवायु परिवर्तनको असर र प्राकृतिक विपद्को सामना गर्न नेपाल, भारत र चीनबीच त्रिदेशीय सहकार्य हुनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोड दिएका छन् । भारतीय सञ्चारमाध्यम एनडीटीभीले काठमाडौँमा आयोजना गरेको ‘अन्विक्षा’ कार्यक्रममा बोल्दै उनले राजनीतिक रूपमा फरक देश भए पनि तीनवटै मुलुक एउटै हिमाली प्रणालीभित्र रहेको बताएका हुन् ।
भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै लामिछानेले हिमाली क्षेत्रका नदीहरू एउटा देशमा उद्गम भई अर्को देशतर्फ बग्ने भएकाले बाढीले सीमा नचिन्ने उल्लेख गरे । जलवायु परिवर्तनका कारण हिउँ पग्लिने र हिमताल बन्ने क्रम तीव्र बनेकाले अब ठोस ‘अडप्टेसन प्लान’ आवश्यक भइसकेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)