स्याङ्जामा डेढ लाख बढी पशुलाई निःशुल्क खोप
onlinekhabar.com · Mon Jul 20 13:02:15 GMT 2026

४ साउन, स्याङ्जा । स्याङ्जामा पशुमा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा एक लाख ५५ हजार ५६ वटा पशुचौपायामा विभिन्न रोगविरुद्धको खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाका अनुसार गाई, भैँसी, गोरु, राँगा, बाख्रा, भेँडा, बंगुर, कुकुर र बिरालोलाई खोरेत, चरचरे, भ्यागुते, लम्की–स्किन, साइन–फिभर, एचएस–बिक्यू, पीपीआर, बंगुर हैजा तथा रेविजलगायत रोगबाट जोगाउने उद्देश्यले निःशुल्क खोप अभियान सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)