वन कार्यालय स्याङ्जा : एक वर्षमा ३६ हजार बढी बिरुवा उत्पादन
onlinekhabar.com · Mon Jul 20 13:06:20 GMT 2026

४ साउन, स्याङ्जा । स्याङ्जाको डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ३६ हजार ६ सय २० वटा बिरुवा उत्पादन गरेको छ । तीमध्ये २२ हजारभन्दा बढी बिरुवा स्थानीय तह, विद्यालय, कृषक, विभिन्न समूह तथा संघसंस्थालाई निःशुल्क वितरण गरिसकेको कार्यालयले जनाएको छ ।
कार्यालयले प्रत्येक वर्ष असार र साउन महिनामा बिरुवा वितरण गर्दै आएको छ । यस वर्ष उत्पादन गरिएका अधिकांश बिरुवा रैथाने प्रजातिका रहेको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा वन अधिकृत रुक्मागत सुवेदीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)