मेटलाइफ फाउन्डेसनद्वारा बाढीको जोखिममा रहेका समुदायहरूको संरक्षणमा सहयोग
kendrabindu.com · Mon Jul 20 13:39:49 GMT 2026

काठमाडौं । मेटलाइफ फाउन्डेसनले बर्दिया जिल्लाको राजापुर नगरपालिकामा “प्रकृतिमा आधारित स्थानीय समुदायको पारिस्थितिक प्रणाली, कल्याण र वैकल्पिक जीविकोपार्जनका लागि संयुक्त प्रयास” जीवन नामक परियोजना कार्यान्वयन गर्न डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर बराबरको अनुदान प्रदान गरेको छ ।
यस पहलले तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई सहयोग गर्नेछ । यस क्षेत्रमा बारम्बार आउने बाढी, नदी कटान तथा माछाको घट्दो संख्याका कारण स्थानीय समुदायको जीविकोपार्जन र खाद्य सुरक्षामा निरन्तर जोखिम उत्पन्न भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)