नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
ratopati.com · Mon Jul 20 13:42:06 GMT 2026

काठमाडौँ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरीमा वृद्ध, एकल महिला/विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा साेमबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
आयाेगका प्रवक्त सुरेश न्याैपानले साेमबार जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर, वडा नं. ३ का वडाध्यक्ष धर्मेन्द्र कुमार झा, वडा सचिव उमेश चौधरीसहित ४२ जनाले आपसी मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा रु. ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको हानिनोक्सानी पुर्याएको अभियोग लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)