नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
ratopati.com · Mon Jul 20 13:56:37 GMT 2026

काठमाडौँ । अविरल वर्षाका कारण नुवाकोटका विभिन्न क्षेत्रमा पहिरो तथा वर्षाजन्य विपद्का घटना बढ्दै गएपछि नुवाकोट-१ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग तीव्र समन्वय र पहल अघि बढाएका छन्।
जिल्लाको दुप्चेश्वर गाउँपालिका, सूर्यगढी गाउँपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिकालगायत क्षेत्रमा पहिरो र वर्षाजन्य विपद्का घटना भएका जानकारी प्राप्त भएपछि मन्त्री तिमिल्सिनाले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूसँग तत्काल समन्वय गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)