कानुन सुधार वर्ष सफल बनाउन मन्त्रालयगत छलफल सुरु, १६६ विधेयक अघि बढाइने
nagariknews.nagariknetwork.com · Mon Jul 20 13:46:26 GMT 2026

सरकारले चालु आर्थिक वर्षलाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा गरेसँगै लक्ष्य कार्यान्वयनका लागि सबै मन्त्रालयसँग नियमित समन्वय सुरु गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानुन शाखा तथा महाशाखा प्रमुखसँग पहिलो समन्वय बैठक गरेको हो।
कानुनमन्त्री सोबिता गौतमको सचिवालयका अनुसार चालु आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य राखिएका १६६ वटा विधेयक समयमै अघि बढाउन प्रत्येक महिनाको पहिलो सोमबार मन्त्रालयगत समीक्षा तथा समन्वय बैठक सञ्चालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)