सडक बालबालिकाको उद्धार र पुनर्स्थापना अभियान तीव्र
nepalpress.com · Mon Jul 20 13:52:23 GMT 2026

काठमाडौँ । सरकारले सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्यअनुरूप जोखिमपूर्ण अवस्थामा रहेका सडक बालबालिकाको खोजतलास, उद्धार तथा पुनर्स्थापनाको अभियानलाई तीव्र बनाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत दैनिक गस्ती, उद्धार र संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)