इजरायलद्वारा दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण
nepalviews.com · Sun Jun 28 03:40:31 GMT 2026

एजेन्सी । दुई देशबिच स्थायी शान्तिको मार्ग प्रशस्त गर्ने उद्देश्यले ऐतिहासिक सम्झौता भएको भोलिपल्टै इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली ड्रोन आक्रमण मा परी एक जनाको मृत्यु भएको छ भने कम्तीमा दुई जना घाइते भएका छन्।
लेबनानको सरकारी सञ्चार माध्यमका अनुसार इजरायली ड्रोनले दक्षिणी सहर 'नबातिह अल-फवका' लाई निशाना बनाएको थियो। इजरायली सेनाले आफ्ना सैनिकहरूका लागि खतरा बनेका एक व्यक्तिलाई लक्षित गरी सो ड्रोन आक्रमण गरिएको दाबी गरे पनि त्यसबारे विस्तृत विवरण दिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)