नेपाल चेम्बर र स्पेनिस चेम्बरबीच सहकार्यबारे छलफल
nepalnews.com · Mon Jul 20 14:15:45 GMT 2026

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्स र स्पेनिस चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान-प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ।
नेपाल भ्रमणमा रहेकी स्पेनिस चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटमा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)