रौतहटमा जीवितैलाई ‘विधवा’ र उमेर नपुग्दै ‘वृद्ध’ बनाएर भत्ता वितरण, वडा अध्यक्षसहित ४२ विरुद्ध मुद्दा
nagariknews.nagariknetwork.com · Mon Jul 20 14:05:01 GMT 2026

रौतहटको दुर्गा भगवती गाउँपालिका-३ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष र तत्कालीन निमित्त कार्यकारी अधिकृतसहित ४२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उमेरै नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक र श्रीमान् जीवितै रहेका महिलालाई एकल महिला/विधवा भत्ता बाँडेर सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि आयोगले आइतबार आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)