नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
nagariknews.nagariknetwork.com · Mon Jul 20 13:55:27 GMT 2026

अविरल वर्षाका कारण नुवाकोटका विभिन्न क्षेत्रमा पहिरो तथा वर्षाजन्य विपद्का घटना बढ्दै गएपछि नुवाकोट-१ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग तीव्र समन्वय र पहल अघि बढाएका छन् ।
जिल्लाको दुप्चेश्वर गाउँपालिका, सूर्यगढी गाउँपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिकालगायत क्षेत्रमा पहिरो र वर्षाजन्य विपद्का घटना भएका जानकारी प्राप्त भएपछि मन्त्री तिमिल्सिनाले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूसँग तत्काल समन्वय गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)