नियमावलीले होइन, शिक्षा ऐनले शिक्षकका समस्या समाधान गर्छ : आङ्देम्बे
shilapatra.com · Mon Jul 20 14:27:02 GMT 2026

प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शिक्षकका समस्या समाधानका लागि विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने बताएका छन् । नियमावली संशोधन गरेर शिक्षकका समस्या समाधान नहुने भन्दै उनले विधेयक पारित गराउन कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रियसभा र संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल शिक्षक संघको टोलीले सरकारले हालै संशोधन गरेको शिक्षा नियमावलीले शिक्षकका समस्या समाधान गर्नुको सट्टा झन् बल्झाएको, विशेषगरी सरुवा प्रक्रिया थप जटिल बनाएको भन्दै आङ्देम्बेको ध्यानाकर्षण गराएको थियो । सो क्रममा आङ्देम्बेले शिक्षकका मागप्रति कांग्रेस गम्भीर रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)