बीपी स्मृति दिवस साउन ६ कै दिन नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको संघारमा पुगे
barnanmedia.com · Mon Jul 20 14:32:34 GMT 2026

बीपी स्मृति दिवस (साउन ६) कै दिन नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ। देउवा–पूर्णबहादुर खड्का पक्षले ‘राष्ट्रिय कांग्रेस’ नाममा नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेको छ भने गगन थापा नेतृत्वले देशव्यापी कार्यक्रमसहित आफ्नो अभियान समापन गर्दैछ। दुवै पक्षबीच पार्टी समायोजन र क्रियाशील सदस्यताको विषयमा सहमति नजुटेकाले विभाजनको सम्भावना निकै बलियो बनेको छ। शेखर कोइराला पक्ष भने पार्टी फुट्न नदिने प्रयासमा रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)