वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध
kalakarmi.com · Mon Jul 20 15:02:01 GMT 2026

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा पहिरो, लेदो र हिलो खस्दा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले सोमवार बेलुका ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)