बाजुरामा जिप दुर्घटना: दुई जनाको मृत्यु, ७ घाइते
nagariknews.nagariknetwork.com · Mon Jul 20 15:09:20 GMT 2026

बाजुराको हिमाली गाउँपालिका-५ क्युडीस्थित कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।
धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प्र.प्र. ०१-००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दुई यात्रुको कोल्टी आधारभूत अस्पताल, बाजुरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)