विकास बैंकको बेस रेट १२% माथि, नारायणी डेभलपमेन्टको सबैभन्दा धेरै, अरु कुनको कति ? तथ्यांकमा हेरौं
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमाससम्म आइपुग्दा प्रायः सबै विकास बैंकहरुको बेस रेट बढेको छ । गत वर्षको यसैअवधिमा अधिकांशको बेस रेट १० देखि ११% को लाइनमा रहेको थियो । तर अहिले बढेर १२% भन्दा माथि पुगेको छ । यता, गत वर्ष १९.७४% रहेको नारायणी डेभलपमेन्ट बैंकको बेस रेट केही घटेर १७.०१% कायम भएको छ । यसको बेस रेट १३.८३% ले घटेको हो । तथ्यांक अनुसार सबैभन्दा थोरै बेस रेट एक्सेल डेभलपमेन्ट बैंकको रहेको छ । यसको उक्त रेट १२% छ । गत वर्ष १०.१०% रहेको थियो ।
शाइन रेसुंगा र महालक्ष्मी विकास बैंकको आधार दर क्रमशः १२.२२% र १२.३३% रहेको छ । बैंक, वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै बेस रेट हो । बेस रेटमा केही प्रतिशत प्रिमियम जोडेर बैंकहरुले ब्याजदर निर्धारण गर्छन् । अघिल्लो वर्षको तुलनामा यिनीहरुको बेस रेट बढेकाले कर्जाको ब्याजदर पनि महँगो भएको हो ।
बैंकहरुले यही बेस रेटमा ४–५% प्रमियम थप गरी कर्जा प्रवाह गर्छन् । तसर्थ, बेस रेट कम हुँदै गयो भने कर्जाको ब्याजदर पनि घट्ने गर्छ ।, यस्तो रेट बढ्दै गयो भने ब्याजदर पनि माथि जान थाल्छ । पछिल्लो समय बैकिङ प्रणालिमा देखिएको तरलता संकटका कारण पनि ब्याजदर बढेको जानकारहरु बताउँछन् । सबैभन्दा धेरै सिन्धु विकास बैंकको बेस रेट वृद्धि भएको छ । कर्जाको ब्याजदर कम हुन बैंकहरुको बेस रेट पनि घट्दै जानुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)