बाजुरा जीप दुर्घटना अपडेट: घाइते दुई जनाको मृत्यु
newsofnepal.com · Mon Jul 20 15:24:55 GMT 2026

बाजुरा।
बाजुराको हिमाली गाउँपालिका–५ स्थित कवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य सात जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कोल्टी आधारभूत अस्पतालमा उपचाररत हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाको उपचारकै क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)