सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन- बजेट कार्यान्वयनमा लाग्नुहोस्
nepalnews.com · Mon Jul 20 15:29:57 GMT 2026

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शतप्रतिशत पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन्।
मन्त्रालयमा सोमबार आयोजित आव ०८३/८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। कार्यान्वयनमा आएको नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्रअन्तर्गतको पहिलो किस्ताको सुरुवात भएको भन्दै उनले विगतको पुँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)