मन्त्रालयको संख्या घटेपछि फाजिल कर्मचारी व्यवस्थापन नभएसम्म लोक सेवामा नयाँ माग नगरिने
clickmandu.com · Mon Jul 20 15:38:48 GMT 2026

काठमाडौं । नेपाल सरकारले मन्त्रालयहरूको संख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र व्यवस्थापनका लागि नयाँ नीति अख्तियार गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै साविकका २२ वटा मन्त्रालयलाई घटाएर १८ वटा कायम गरिएको र यसबाट सिर्जना हुने ‘फाजिल’ कर्मचारीहरूको व्यवस्थापन नभएसम्म लोक सेवा आयोगमा नयाँ पदपूर्तिका लागि माग नगर्ने निर्णय गरेको छ।
सरकारले मन्त्रालयहरूको संख्या घटाएसँगै गाभिएका तथा नयाँ गठन भएका मन्त्रालय र त्यस मातहतका निकायहरूको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ (ओएनएम सर्भे) कार्य अन्तिम चरणमा पुर्याएको छ । यो सर्वेक्षण सम्पन्न भएपछि विभिन्न पदहरूको दरबन्दी हालको तुलनामा घट्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)