मन्त्रालय संख्या घटेसँगै कर्मचारी व्यवस्थापन अन्तिम चरणमा, नयाँ भर्नामा रोक
nepalnews.com · Mon Jul 20 15:43:31 GMT 2026

काठमाडौँ। सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरेसँगै त्यसअनुसार संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) कार्य सम्पन्न हुन लाग्दा कतिपय पदमा हालको भन्दा कम दरबन्दी आवश्यक देखिएको छ। यसले केही कर्मचारी फाजिलमा पर्न सक्ने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)