झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
ratopati.com · Mon Jul 20 16:08:07 GMT 2026

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो एक वर्षको अवधिमा जिल्लाबाट हराएका अधिकांश व्यक्तिको सफलतापूर्वक खोजी गरेको छ । प्रहरीको वार्षिक तथ्याङ्कअनुसार विभिन्न स्थानबाट हराएका भन्दै ६६७ जनाको हुलिया दर्ता भएकामा ६५३ जना फेला परिसकेका छन् भने १४ को खोजी जारी रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार प्रहरीको सक्रिय खोजी, अनुसन्धान तथा सरोकार भएका निकायसँगको समन्वयका कारण अधिकांश हराएका व्यक्ति सुरक्षित रूपमा फेला परेका हुन् । बाँकी १४ जनाको खोजी कार्य पनि निरन्तर जारी रहेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)