विश्वकप फाइनलअघि उनले गरेको वाचा स्पेन विश्वविजेता बनेसँगै चर्चा
barnanmedia.com · Mon Jul 20 16:04:07 GMT 2026
स्पेनले विश्वकप २०२६ को उपाधि जितेपछि टोलीका प्रमुख डिफेन्डर मार्क कुकुरेलाले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन्। विश्वकप फाइनलअघि उनले गरेको वाचा स्पेन विश्वविजेता बनेसँगै चर्चाको विषय बनेको हो।
कुकुरेलाले भनेका थिए, “यदि हामीले विश्वकप जित्यौं भने, म भोलिपल्ट प्रशिक्षक लुइस डे ला फुएन्टेलाई फोन गरेर अब ममाथि भर नपर्नुस्, म राष्ट्रिय टोलीबाट सन्यास लिन्छु भन्नेछु।” युरोपियन च्याम्पियनसिप र विश्वकप दुवै जितिसकेपछि राष्ट्रिय टोलीबाट हासिल गर्नुपर्ने सबैभन्दा ठूलो सपना पूरा हुने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)