अमेरिकालाई इरानको जवाफ, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डा निशानामा
shilapatra.com · Sun Jun 28 03:40:00 GMT 2026

इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेकाे छ । बीबीसी फारसी सेवाका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले आइतबार बिहान कुवेतस्थित अली अल–सलेम एयरबेस र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडाको मुख्यालयसँग सम्बन्धित आठ स्थानलाई निशाना बनाएर आक्रमण गरेको हाे ।
आईआरजीसीका अनुसार संयुक्त सैन्य अभियानअन्तर्गत ती आक्रमण गरिएको हो । यस क्रममा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)