काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
ratopati.com · Mon Jul 20 16:25:09 GMT 2026

काठमाडौँ । काठमाडौं उपत्यकामा वर्षायाममा देखिने ढल निकास तथा पानी जम्ने समस्या समाधानका लागि सरोकार भएका निकायबिच छलफल भएको छ । आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरोकार भएका निकायबिच भएको छलफलमा उपत्यकामा ढल निकासको समस्याका कारण बर्सेनि मनसुनको अवधिमा डुबानको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिइएको हो ।
छलफलमा विशेषगरी वर्षायाममा हुने डुबान तथा पानी निकासको समस्या समाधान गर्न दीर्घकालीन उपायबारे विस्तृत समीक्षा गरिएको थियो । सहभागीहरूले तत्काल, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गरी समन्वयात्मक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)