वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
ratopati.com · Mon Jul 20 16:50:46 GMT 2026

वीरगञ्ज (पर्सा), ४ साउनः वीरस्थित घण्टाघरबाट अलखियामठ खण्डमा बाँकी रहेका संरचना हटाउने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्ज महानगरपालिकाका मुख्य सडक घण्टाघर-अलखियामठ खण्ड विस्तार अभियानलाई पुनःप्राथमिकताका साथ सञ्चालन गर्ने गरी काम सुरु गरेको हो ।
डिभिजन कार्यालयले सूचना जारी गरी भनेको छ, “यस डिभिजनअन्तर्गत त्रिभुवन राजपथको सिरसिया मितरी पुलबाट बहुअरी गण्डक चोकसम्मको खण्डमा सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सीमा संरक्षण कार्य सुरु भइरहेको छ । त्यसैले उक्त क्षेत्रभित्र रहेका पसल वा अन्य संरचना तत्काल खाली गर्न, घरभित्र कोही नबस्न, घरभित्र रहेका सामान हटाउन अनुरोध गर्दछौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)