दुर्घटनाको ८ घण्टापछि अस्पताल पुगे घाइते, उपचार नपाउँदै दुई जनाको मृत्यु
nepalpress.com · Mon Jul 20 16:52:38 GMT 2026

बाजुरा — बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा उद्धारमा ढिलाइ भएपछि दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।
धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप सडकको घुमाउरो उकालोबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो। जिप हिमाली गाउँपालिका–२ नातीखोला निवासी अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)