कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
ratopati.com · Mon Jul 20 17:59:53 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबिच भेटवार्ता भएको छ ।
मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री चौधरीले कृषि क्षेत्रको दिगो विकासका लागि सङ्घ र मधेस प्रदेशबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ । उनले सङ्घ–प्रदेश साझेदारीलाई थप मजबुत बनाउन आवश्यक कानुनी व्यवस्था तथा साझेदारी ऐनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)