जारी विश्वकपमा मेस्सीको छैटौं गोल
barnanmedia.com · Sun Jun 28 04:00:52 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको खेलमा ६० औं मिनेटमा मैदान छिरेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले गोल प्रहार गरेका छन् ।
खेलको ८० औं मिनेटमा मेस्सीले फ्री किकमार्फत गोल प्रहार गरेका हुन् । डी बक्स भन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढलाउँदा रेफ्रीले फउल दिएका थिए । त्यसैमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)