तीन महिनामा डेढ लाख भारतीय पुगे मुक्तिनाथ, पोखरामा बढ्दो चहलपहल
baahrakhari.com · Sun Jun 28 04:10:00 GMT 2026

पोखरा । अहिले सामाजिक सञ्जालमा यत्रतत्र देख्न पाइन्छ, भारतीय पर्यटकहरुले सडकमै खाना पकाएका छन्, खाएका छन् । विशेषगरी पोखरा क्षेत्र आसपासमा यस्ता दृश्यको कमी छैन । सिद्धार्थ राजमार्गमा सवारीको चाप निकै बढेको छ । यो हुनुमा पनि भारतीय पर्यटकको देन छ ।
हो, पोखराका सडकमा भारतीय नम्बरप्लेटका सवारीहरु जहाँ पनि देख्न पाइन्छ । कोही बाइकमा त कोही निजी सवारीदेखि सार्वजनिक सवारी रिजर्भ गरेर पोखरा आइरहेका छन् ।