स्पेनको महिला टिमको प्रशिक्षकमा बर्मुडेज
neplays.com · Mon Aug 11 17:46:13 GMT 2025
एजेन्सी । स्पेनिस महिला फुटबलको मुख्य प्रशिक्षकमा सोनिया बर्मुडेजलाई नियुक्त भएकी छिन् । वर्तमान मुख्य प्रशिक्षक मोन्टसे टोमेको सम्झौता ३१ अगष्टमा सकिएपछि नविकरण गर्ने निर्णय स्पेनिस फुटबल महासंघले गर्दै उनको ठाउँमा बर्मुडेजलाई नियुक्त गरेको हो ।
टोमेले सन् २०२३ को सेप्टेम्बरमा स्पेनको पहिलो महिला मुख्य प्रशिक्षक बनेकी थिइन् । त्यसअघि उनी सहायक प्रशिक्षक थिइन् । स्पेनिस महिला टिम विवादमा परेका बेला उनले उक्त जिम्मेवारी सम्हालेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)