प्रधानमन्त्री कार्यालयको प्रष्टोक्ति- नियमित रुपमा स्थायी पदपूर्ति हुने
barnanmedia.com · Mon Jul 20 22:18:47 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ स्थायी पदपूर्तिका लागि यस वर्ष लोकसेवा आयोगमा माग नगर्ने भनि सोमबार सचिव बैठकबाट भएको निर्णयबारे प्रष्टोक्ति दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै कुनै पदपूर्ति आवश्यक भएको, फाजिलका कर्मचारी व्यवस्थापन भइसकेपछि पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा स्थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गरिने स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)