सिके राउतलाई आफ्नै पूर्वसहकर्मीहरूको चुनौती
shilapatra.com · Fri Jan 23 16:18:00 GMT 2026

राजनीतिक दलका नेताहरूको उत्साहजनक उम्मेदवारीपछि मुलुकमा निर्वाचनको माहोल बढ्दै गएको छ । पछिल्लो समय अन्य प्रदेशको तुलनामा मधेशमा चुनावी सरगर्मी बढ्दो छ । नेपाली कांग्रेसबाट सभापति गगन थापा र युवामाझ लोकप्रिय काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्नु तथा रास्वपाले आफ्नो चुनावी प्रचार अभियान जनकपुरबाट सुरु गर्नुले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा चुनावी सरगर्मी निकै बढेको देखिन्छ ।
मधेशमा चुनावी रापताप बढ्नुको अर्को महत्वपूर्ण कारण मधेश प्रदेशबाट विभिन्न ९ वटा दलका अध्यक्षहरूको उम्मेदवारी हो । नेपाली कांग्रेसका सभापति गगन थापा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरद यादव, आमजनता पार्टीका अध्यक्ष प्रभु साह, संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारी र समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालको उम्मेदवारीले मधेशको निर्वाचनलाई थप तताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)