उपचारका लागि अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागू
nagariknews.nagariknetwork.com · Sun Jun 28 04:19:57 GMT 2026

लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चाप व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्रयाज प्रणाली’ लागू गरेको छ। यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेका छन्। सीमित जनशक्ति र स्रोतसाधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्र्याज प्रणाली प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)