एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति
barnanmedia.com · Mon Jul 20 23:45:24 GMT 2026

काठमाडौँ, ५ साउनः विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ती आयोजनाको कूल क्षमता तीन हजार २११ मेगावाट बराबर छ । सौर्य ऊर्जातर्फ सात वटा आयोजना छन् । ती आयोजनाको क्षमता ३११ मेगावाट छ ।