विश्वकपमा राजनीतिक छाया
nagariknews.nagariknetwork.com · Tue Jul 21 00:38:44 GMT 2026
६ महादेशका उत्कृष्ट ४८ राष्ट्रले प्रतिस्पर्धा गरेको विश्वकै सबैभन्दा लोकप्रिय फिफा विश्वकपको २३औं संस्करणले विजेता पाएको छ। ३९ दिनसम्म उत्तरी अमेरिका (अमेरिका, मेक्सिको र क्यानाडा) मा भएका १०४ खेलबाट स्पेन विजेता बनेको हो। स्पेनले दक्षिण अमेरिकी टोली अर्जेन्टिनालाई १–० ले हराउँदै उपाधि रक्षा गर्नबाट रोक्यो। युरो २०२४ जितेको दुई वर्षमै विश्वकप पनि जित्दै स्पेनले नयाँ फुटबल युगको नेतृत्व गर्ने संकेत दिएको छ।
९६ वर्षको इतिहास बोकेको विश्वकपले यसपल्ट पनि नयाँ विजेता पाउन सकेन। अफ्रिकी राष्ट्र मोरक्को र इजिप्ट तथा युरोपका नर्वे र बेल्जियमले सम्भावना देखाए पनि क्वार्टरफाइनलबाट माथि बढ्न सकेनन्। अहिलेसम्म आठ वटा राष्ट्र नै विश्वकप विजेता रहे। त्यसमा स्पेन दोस्रोपल्ट विश्वकप विजेता बन्यो। सन् २०१० को विश्वकप जितेको स्पेनले १६ वर्षपछि सफलता दोहोर्यायो। स्पेनको सफलतासँगै इतिहासकै सबैभन्दा ठुलो फिफा विश्वकप सकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)