यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
corporatenepal.com · Tue Jul 21 00:36:07 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ०२ पैसा र बिक्रीदर १५४ रुपियाँ ६२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ३२ पैसा र बिक्रीदर २०८ रुपियाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ५८ पैसा र बिक्रीदर १९१ रुपियाँ ३३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ७८ पैसा र बिक्रीदर १०८ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ७७ पैसा र बिक्रीदर ११० रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ३० पैसा र बिक्रीदर ११९ रुपियाँ ७६ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)