पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
nepalnews.com · Tue Jul 21 00:48:36 GMT 2026

काठमाडौँ। विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ।
अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन। वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)