देशभर मनसुन सक्रिय, आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना
nepalviews.com · Tue Jul 21 00:56:36 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले देशैभर मौसम प्रभावित बनेको छ।
अहिले देशका पहाडी तथा हिमाली भूभागमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहेको छ भने कोशी र मधेस प्रदेशका तराई भूभागमा आंशिक बदली छ। यसैगरी कर्णाली प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)